Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्स हकप्रद शेयर निष्काशन गर्दै, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, २८ असोज २०७७, ०७ : १५ मा प्रकाशित

नेपाल फाइनान्स हकप्रद शेयर निष्काशन गर्दै, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि शेयर दाखिल खारेज (बुक क्लोज) कार्य बन्द गर्ने भएको छ ।
फाइनान्सले सो प्रयोजनको लागि कार्तिक ६ गते एक दिनका लागि बुक क्लोज गर्न लागेको हो  ।

फाइनान्सको २०७४ फागु १९ गते सम्पन्न विशेष साधारण सभाको निर्णय बमोजिमको संस्थाको चुक्ता पूँजीको १ कित्ता हकप्रद शेयर बराबर एक दशमलव २५ कित्ता शेयरको दरले १६९७५०६. २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कार्तिक ५ गतेसन्न कारोबार भई कार्तिक १४ गते ३ कार्य दिनभित्र संस्थाको शेयर रजिष्टार प्रभु क्यापिटल लिमिटेडमा प्राप्त शेयर नामसारीको लिखिताको आधारमा शेयरधनीदर्ता किताबमा कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरको लागि दरखास्त दिन पाउनेछन्। 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको