Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सका अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, ०७ : ५९ मा प्रकाशित

नेपाल फाइनान्सका अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा

नेपाल फाइनान्स लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले यसअघि जारी गरेको हकप्रद सेयरको बाँडफाँटपछि बाँकी रहेका ७ लाख ९४ हजार ९७१.१८७ कित्ता सेयर अब लिलामी बढाबढमार्फत खरिद गर्न सकिनेछ।

फाइनान्सले ल्याएको यस लिलामीमा व्यक्ति, कम्पनी वा संघसंस्थाले सहभागी भएर सेयर खरिद गर्न पाउनेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले यसभन्दा बढी मूल्य प्रस्ताव गरेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

लिलामीमा सहभागी हुन चाहनेले आज (भदौ १२ गते) देखि भदौ २६ गतेसम्म बोलपत्र पेस गर्न सक्ने व्यवस्था गरिएको छ। यस अवधिभित्र सबैभन्दा बढी मूल्य प्रस्ताव गर्ने लगानीकर्तालाई सेयर बाँडफाँट हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको