Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सकाे लिलामी सेयर आजबाट खुल्याे, कति दिने आवेदन ?

अर्थ संसार

सोमबार, २३ साउन २०७९, १३ : २० मा प्रकाशित

नेपाल फाइनान्सकाे लिलामी सेयर आजबाट खुल्याे, कति दिने आवेदन ?

नेपाल फाइनान्स कम्पनी लिमिटेडले आज साउन २३ गतेदेखि ११ लाख ३४ हजार ७ सय १६ दशमलव १ सय ८७ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । कम्पनीकाे उक्त लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद भदौ ६ गतेसम्म रहेको छ ।

कम्पनीले यसअघि असार १७ गतेदेखि  २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७ सय १६ दशमलव १८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६ सय ९६ दशमलव २७५ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले पुन: लिलामीमा बिक्री गर्न लागेको हो । 

त्यसैगरी, कम्पनीकाे बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको