अर्थ संसार, काठमाडौं – नेपाल फाइनान्स कम्पनी लिमिटेडले आफ्ना लगानीकर्तालाई मंसिर ४ गते, बिहीबारदेखि निष्काशन तथा विक्री खुल्ला गरेको हकप्रद शेयर भर्न अब २ दिन मात्र बाँकी रहेकाे छ । 
उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले मंसिर २४ गते बुधबारसम्म आवेदन दिन सक्नेछन् ।
फाइनान्सले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन  गरेकाे हो ।
फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनका लागि कात्तिक ६ गते बिहीबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, कार्तिक ५ गते बुधबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम  प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस