Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि हाइब्रिड एल-१ र एनएमबि फिफ्टी योजनाले लाभांश वितरण गर्ने

अर्थ संसार

बुधबार, २८ असोज २०७७, ०७ : ०५ मा प्रकाशित

एनएमबि हाइब्रिड  एल-१ र एनएमबि फिफ्टी योजनाले  लाभांश वितरण गर्ने

अर्थ संसार, काठमाडौं– एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित एनएमबि हाइब्रिड  एल-१ र एनएमबि फिफ्टी योजनाले इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ। 
एनएमबि हाइब्रिड एल-१ ले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाका इकाईधनीहरुलाई  कर सहित ८ प्रतिशतका दरले र एनएमबि फिफ्टीले कर सहित ५ प्रतिशतले नगद लाभांश वितरण गर्न लागेको हो ।

उक्त नगद लाभांश अभौतिक इकाई धारण गरेका इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गरिनेछ ।

त्यसैले हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा भई नसकेका इकाईधनीहरुले एनएमबि क्यापिटलमा सम्पर्क गरी आफ्नो हितग्राही खाता नम्बर अद्यावधिक गराउन समेत फण्डले आग्रह गरेको छ ।

एनएमबि हाइब्रिड एल-१ ले आज असोज २८ गते बुधबारदेखि उक्त लाभांश जम्मा गर्न सुरु गर्नेछ भने एनएमबि फिफ्टी असोज २९ गते बिहिबारदेखि लाभांश जम्मा गर्न सुरु गर्नेछ ।

फण्डले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको