Like us!
Follow us!
Connect us!
Watch us!

एलिना र रुपको स्वरमा ‘भुल्यौं कि मायाले...’ (भिडियोसहित)

अर्थ संसार

विहीबार, २९ असोज २०७७, १४ : ०९ मा प्रकाशित

एलिना र रुपको स्वरमा ‘भुल्यौं कि मायाले...’ (भिडियोसहित)

अर्थ संसार, काठमाडौं - लामो समयदेखि पत्रकारितामा रहेका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले...’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो ।

यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।

सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ ।

गीतकार रावलले निश्चल एल्बमको ‘म माया लाउँदिन’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘भुल्यौं कि मायाले...’ सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल र निकिशा लाई प्रस्तुत गरिएको छ भने तिनैं बाल बालिकाको युवा अवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङ लाई फिचरिङ गरिएको छ ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयम्को रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको गीतको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको