Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभर नेपालका शेयरधनीहरूलाई जरुरी सूचना !

अर्थ संसार

विहीबार, २९ असोज २०७७, १६ : १० मा प्रकाशित

युनिलिभर नेपालका शेयरधनीहरूलाई जरुरी सूचना !

अर्थ संसार, काठमाडौँ - युनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । 

कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि नगद लाभांश शेयरधनीहरूको हितग्राहीमा उल्लेख भएको बैंक खातामा आईपीएस मार्फत भुक्तानी गर्ने भएको हुँदा शेयर अभौतिकीकरण गरि हितग्राही खाता खाेलिसकेका शेयरधनीहरूलाई आफ्नाे हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेकाे हाे । 

कम्पनीकाे असाेज ९ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई प्रति शेयर १०० रुपैयाँको दरले वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ ।

शेयरधनीहरुले शेयर अभौतिकीकरण गरेपश्चात लाभांश प्राप्त गर्नेछन् । कम्पनीकाे शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको