Like us!
Follow us!
Connect us!
Watch us!

देशभर थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, १५ : ५६ मा प्रकाशित

देशभर थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जनासहित देशभर थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या १ लाख ३६ हजार ३६ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १५ हजार ७ सय १४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा ३ हजार ७ सय ९० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टामा २ हजार ३ सय ३५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ९४ हजार ५ सय १ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ जना छन् । जसमध्ये होम आइशोलेसनमा २६ हजार ९ सय २७  जना रहेका छन् भने संस्थागत १३ हजार ८ सय ५१ जना छन् । 
यस्तै क्वारेन्टाइनमा ४ हजार ४ सय ७० जना छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको