Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, १६ : २२ मा प्रकाशित

कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

अर्थ संसार, काठमाडौं -  देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान  गुमाएसँगै मृतकको संख्या ७ सय ५७ पुगेको स्वास्थ्यम तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जनासहित देशभर थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भने २ हजार ३ सय ३५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् ।

हाल सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ जना छन् । जसमध्ये होम आइशोलेसनमा २६ हजार ९ सय २७  जना रहेका छन् भने संस्थागत १३ हजार ८ सय ५१ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ४ सय ७० जना छन् । जस मध्ये २८२ जना संक्रमित आईसियु र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको