Like us!
Follow us!
Connect us!
Watch us!

यी सात वर्गका मानिसले नि:शुल्क कोरोना उपचार पाउने !

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०७७, १० : ५६ मा प्रकाशित

यी सात वर्गका मानिसले नि:शुल्क कोरोना उपचार पाउने !

अर्थ संसार, काठमाडौं - सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार पाउने व्यक्तिहरूको वर्गीकरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नि:शुल्क उपचार पाउने संक्रमितहरूलाई सात वटा सूचीमा वर्गीकरण गर्दै मापदण्ड तोकेको छ ।

मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको सूचीअनुसार पहिलो नम्बरमा विपन्न वर्गहरुलाई राखिएको छ । अब कुनै पनि संक्रमितले आफू विपन्न भएको प्रमाण पत्र पेस गरे वा स्वयं घोषणा गरे भने त्यस्ता संक्रमितहरूको नि:शुल्क उपचार पाउनेछन् ।

त्यसैगरी कमश: अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता, जेष्ठ नागरिक र अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई पनि सरकारले निःशुल्क उपचार गर्नेछ ।

माथि उल्लेखित सबै व्यक्तिहरूको हकमा सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने हुन्छ। प्रमाणपत्र वा आधारहरू संकलन नभएमा सम्बन्धित अस्पतालको सामाजिक सेवा इकाइ वा अस्पतालकै सिफारिसमा पनि निःशुल्क सेवा लिन सकिने भनिएको छ। तर संक्रमितहरूको बीमा गरिएको अवस्थामा भने सम्पूर्ण परीक्षण तथा उपचार खर्च निजको बीमा रकमबाट कटौती गरिने उल्लेख छ। 

यीबाहेक अन्य व्यक्तिको हकमा भने सम्पूर्ण उपचार खर्च संक्रमित आफैले बेहोर्नुपर्नेछ। 

स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको