Like us!
Follow us!
Connect us!
Watch us!

देशभर थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १६ : ४० मा प्रकाशित

देशभर थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

अर्थ संसार, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा २० हजार ११८ नमूनाको पिसिआर विधिबाट परिक्षण गरिएकोमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

बुधबार थप २ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । जसमध्ये २६९ जनाको आईसियु र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै क्वारेन्टाईनमा ४ हजार ६५ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको