Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १६ : ५५ मा प्रकाशित

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

अर्थ संसार, काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । 

यो सँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा देशभर थप ५ हजार ७४३ जना संक्रमित थपिँदा २ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् । 

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । जसमध्ये २६९ जनाको आईसियु र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै देशभर रहेका विभिन्न क्वारेन्टाईनमा ४ हजार ६५ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको