Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार देशभर थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति ?

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, १६ : ३४ मा प्रकाशित

बिहिबार देशभर थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति ?

अर्थ संसार, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ५५२ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १५ हजार २५५ नमूनाको पिसिआर विधिबाट परिक्षण गरिएकोमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

बिहिबार थप ३ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा १३ हजार ३३९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेका छन् । जसमध्ये २९० जनाको आईसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै क्वारेन्टाईनमा ३ हजार ७५१ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको