Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुग्यो, आज कति थपिए ?

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, १६ : ५० मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुग्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । 

योसँगै नेपालमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ३ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा १३ हजार ३३९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेका छन् । जसमध्ये २९० जनाको आईसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै क्वारेन्टाईनमा ३ हजार ७५१ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको