Like us!
Follow us!
Connect us!
Watch us!

दशैँमा अनलाइनबाटै आफन्तलाई उपहार

अर्थ संसार

शुक्रबार, ०७ कार्तिक २०७७, ०९ : २१ मा प्रकाशित

दशैँमा अनलाइनबाटै आफन्तलाई उपहार

अर्थ संसार, काठमाडौं - दशैँले नेपालीको संघारमा पाइला टेकेको छ । यतिखेर फेसबुक, गुगलप्लसलगायतका सामाजिक संजालका भित्ता शुभकामनाका शब्द, इकार्ड र सन्देशले भरिएका छन् । ट्वीटरमा छोटा सन्देश छाएका छन् । कविता, गजल, गीतलगायतका सिर्जनामा दशैंको उल्लास प्रकट भएका छन् ।  कसैले अपलोड गरेको इकार्ड, गीत, कवितालाई ट्याग गर्ने, शेयर गर्ने होड चलेको छ । कोरोनाको त्रासले गर्दा मानिसलाई भेटेर शुभकामना आदानप्रदान गर्ने अबसर कहाँ छ र ? एकअर्कासँग शुभकामना साटासाट गरेको कुरा नेटवर्कमा भएका सबैलाई देखाउन सकिन्छ, सबैलाई एउटै इकार्डले शुभकामना प्रदान गर्न सकिन्छ, अनि किन भेटिरहने ? फेसबुकमै शुभकामना बाड्यो, समय र धन दुवैको बचत । 
दर्शैले देशमा सुब्यवस्था कायम होस, कोरोनाको कहर छिटै हटेर जाओस्, छिटै जनजीवन सामान्य होस भन्ने चाहना सबैको छ । सामाजिक संजाल भरि ब्यक्त गरिएका शुभकामनाका शब्द, कविता, गीत, गजल र इकार्डहरुमा तिनै भावना ब्यक्त भएका छन् । 

प्रविधिको विकासले पछिल्लो समय शुभकामना ब्यक्त गर्ने तौरतरिका फेरिएको छ । नेटिजनहरु सामाजिक संजालमा आवद्ध भएका आफ्ना साथीहरुलाई तिनै माध्यमबाट शुभकामना आदानप्रदान गर्छन् । इमेलबाट इकार्ड पठाउछन् । मोवाइलबाट शुभकामना टेक्स्ट गर्छन् । उपहारसमेत अनलाइन सपिङ साइटबाट खरिद गरेर आफन्तलाई पठाउछन् । 
विदेशमा रहेका आफन्तले नेपालमा रहेकाहरुलाई गिफ्ट पठाउनसमेत अनलाइनले सघाउन थालेको छ । त्यस्तो सेवा दराज, सस्तो डिल, युजी  बजार, अर्वान गर्ल, सानो हाट, ठमेल डटकम, हरिलो डटकम, इझोला डटकम, भाटभटेनीअनलाइन डटकम, रोजेको डटकम, इस्टोर डटकम, इभन्डार डटकमलगायतका दर्जनौ साइटले उपलब्ध गराउदै आएका छन् । अनलाइन पेमेन्ट गेटवेहरु खल्ती, इसेवा, आइइमइपे, प्रभु पेलगायतबाट डिजिटल भुक्तनी सजिलो भएकाले पनि ग्राहकलाई अनलाइन किनमेल गर्न निकै सजिलो भएको छ । 

दशैं स्वदेशमा बस्नेहरुलाई किनमेलको अवसरका रुपमा छदैछ, विदेशमा बसेकाहरुले स्वदेसमा रहेका आफन्तहरुलाई खर्च, उपहार, आवश्यक सामग्री पठाउने बेला पनि हो । अमेरिकामा बस्ने छोराले स्वदेशमा रहेका आमाबाबुलाई दशैंमा लत्ताकपडा, खसी, चामल, च्युराको जोहो कसरी गरिदिने ? अनलाइन किनमेलको सुविधा नभएको भए मनीट्रान्सफरबाट खर्च पठाइदिनुको बिकल्प हुने थिएन । अब कसैले चिन्ता लिनै पर्दैन । विदेशमा बसेकाहरुले घरमा सामान पठाउन अनलाइनकै प्रयोग गर्न सक्छन् । इन्टरनेट सचेत पुस्ता बढ्दै गएकाले नेपालमै पनि किनमेलमा अनलाइनको प्रयोग बढ्दै गएको छ । नेपालमा रहेका जुनसुकै अनलाइन सपिङ साइटहरुमा लग–इन गरेर आफन्तलाई गिफ्ट पठाउन सकिन्छ । 
दशैं सुरु हुनु महिना पहिल्यै अनलाइन किनमेल साइटहरुले आङ्खनो पेजमा घरघरमा आवश्यक गर्ने सामग्री राखिसकेका छन् । फेन्सी ड्रेसदेखि, चस्मा, टिभी , फ्रिज, मोवाइल, वासिङ मेसिन, मदिरालगायत अनगिन्ती सामग्री अनलाइनबाट किन्न पाइन्छ । 

अनलाइन किनमेल गर्दा इन्टरनेट प्रयोगकर्ताहरुले दोहोरो फाइदा लिन सक्छन् । पहिलो त भिडभाडमा सामान किन्न पसल चाहार्ने झन्झटबाट उनीहरु मुक्त हुन्छन् । कोरोना संक्रमणको बढ्दो ग्राफले सबैलाई त्रसित बनाइरहेक बेला अनलाइन किनमेल बरदान सावित भएको छ । दोस्रो सामान किन्दा उनीहरुले निश्चित रकम छुटसमेत पाउछन् । अनलाइन सपिङ गर्न सम्बन्धित साइटमा गएर पहिले आफूलाई रजिस्टर्ड गर्नु पर्छ । रजिस्टर्ड फर्म भरेपछि सम्बन्धित साइटले इमेलबाट कन्फर्मेसन पठाउछन् । त्यसपछि साइटमा राखिएका सामान माउसले छान्दै बास्केटमा हाल्नु पर्छ । ती सामानको भुक्तानी बैंक वा पेमेन्ट गेटवे कुन माध्यमबाट गर्ने रोज्नु पर्छ । भुक्तानी सफल भएको जानकारी तपाईंलाई तत्काल उपलब्ध हुन्छ । त्यसपछि सम्बन्धित कम्पनीले तपाईंकै दैलोमा सामान ल्याइदिन्छ ।  

यस्तै आफन्तलाई सुभकामनाका शब्दयक्त भच्युअल गिफ्ट अनलाइनबाटै पठाउन सकिन्छ । अनलाइन वालपेपर,  प्रेमपूर्ण शब्दले भरिएका गीत, गजल, भनाइ, मुुक्तकयुक्त डेक्स्टपमा सजाउने वालपेपर, संगीतमय इकार्ड अनलाइनमा  दशैं शुभकामना आदानप्रदानका लागि उपलब्ध छन् । 

शुभ कामना आदानप्रदानको फेरिदो शैलीले मोवाइल सेवा प्रदायक कम्पनी फाइदामा छन् । नेपाल टेलिकमका अनुसार जिएसएम उपभोक्ताले विजयादशमीको एकै दिन ५० लाखभन्दा बढी एसएमएस आदानप्रदान गर्छन् । एनसेल, स्मार्टसेललगायतका मोवाइलबाट पनि एसएमएस÷एसएमएस त्यतिकै आदनप्रदान हुन्छ । तपाईं पनि दशै मनाउन स्वदेश फर्कन नसक्ने भए अनलाइनबाटै आफन्तलाई उपहार पठाउने कि !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको