Like us!
Follow us!
Connect us!
Watch us!

देशभर थप ४ हजार ४९९ जना संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार

शुक्रबार, ०७ कार्तिक २०७७, १६ : ४३ मा प्रकाशित

देशभर थप ४ हजार ४९९ जना संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ६९० महिला र २ हजार ८ सय जना पुरुष छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै  २ हजार ७२० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १६ हजार ८६३ नमूनाको पिसिआर विधिबाट परिक्षण गरिएकोमा थप ४ हजार ४९९  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

शुक्रबार थप २ हजार ७२० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा १३ हजार ३३९ र होम आइसोलेशनमा ३१ हजार ७२७ जना रहेका छन् । जसमध्ये २९० जनाको आईसियु र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै क्वारेन्टाईनमा ३ हजार ७५१ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको