Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

अर्थ संसार

शुक्रबार, ०७ कार्तिक २०७७, १६ : ५२ मा प्रकाशित

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

अर्थ संसार, काठमाडौं - शुक्रबार देशभर कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ६९० महिला र २ हजार ८ सय जना पुरुष छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै  २ हजार ७२० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
शुक्रबार थप २ हजार ७२० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको