Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, मृतक कति ?

अर्थ संसार

शनिबार, ०८ कार्तिक २०७७, १६ : ३७ मा प्रकाशित

शनिबार थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, मृतक कति ?

अर्थ संसार, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ७७९ महिला र १ हजार ४४६ सय जना पुरुष छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै  २ हजार ७२० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १३ हजार ८४६ नमूनाको पिसिआर विधिबाट परिक्षण गरिएकोमा थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

शनिबार थप २ हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८ हजार ३३४पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।  ३०७ जनाको आईसियु र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै देशभर रहेका विभिन्न क्वारेन्टाईनमा ३ हजार ३२२ जना रहेका छन् ।

त्यसैगरी, आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ८४२ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको