Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार देशभर थप २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति ?

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०७७, १६ : ३६ मा प्रकाशित

आइतबार देशभर थप २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति ?

अर्थ संसार, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ६७ महिला र १ हजार ७८९ जना पुरुष छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
पछिल्लो २४ घण्टामा १२ हजार ३११ नमूनाको पिसिआर विधिबाट परिक्षण गरिएकोमा थप  २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
आइतबार थप ३ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ पुगेको छ । २७७ जनाको आईसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै देशभर रहेका विभिन्न क्वारेन्टाईनमा ३ हजार ६४ जना रहेका छन् ।
त्यसैगरी, आज देशभर ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ८४७ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको