Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार

बुधबार, १२ कार्तिक २०७७, १६ : ३९ मा प्रकाशित

नेपालमा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या एक लाख ६२ हजार ३ सय ५४ जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज (बुधबार) आयोजित नियमित प्रेस ब्रिफिङमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ८ हजार २४८ स्वाव संककलन गरि देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप एक हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिए । 

त्यसैगरी, बुधबार थप २ हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख २१ हजार ८ सय २४ जना पुगेकाे छ । 

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ जना पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसन ७ हजार ७०९ जना रहेका छन् भने होम आइसोलेसन ३१ हजार ९३४ जना रहेका छन् । यसैगरी आइसीयुमा २९० जना र भेन्टिलेटर ७२ जना संक्रमितको उपचार भइरहेको छ ।

यस्तै देशभर रहेका विभिन्न क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको