Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुग्यो, आज कति थपिए ?

अर्थ संसार

बुधबार, १२ कार्तिक २०७७, १६ : ४६ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुग्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौँ - बितेको २४ घण्टामा देशभर कोरोना भाइरसकाे संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ जना पुगेको छ ।

यस्तै बुधबार थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन् । 

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ जना पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसन ७ हजार ७०९ जना रहेका छन् भने होम आइसोलेसन ३१ हजार ९३४ जना रहेका छन् । यसैगरी आइसीयुमा २९० जना र भेन्टिलेटर ७२ जना संक्रमितको उपचार भइरहेको छ ।

यस्तै देशभर रहेका विभिन्न क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको