Like us!
Follow us!
Connect us!
Watch us!

पछिल्लो २४ घण्टामा देशभर २३६४ संक्रमित थपिए, आइसीयुमा र भेन्टिलेटर कति छन् ?

अर्थ संसार

विहीबार, १३ कार्तिक २०७७, १६ : २७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर २३६४ संक्रमित थपिए, आइसीयुमा र भेन्टिलेटर कति छन् ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या एक लाख ६४ हजार ७ सय १८ जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ६९ स्वाव संककलन गरि देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप  २ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकोहो । 

त्यसैगरी, बिहिबार थप ३ हजार ३८ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख २४ हजार ८ सय ६२ जना पुगेकाे छ । 

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ जना पुगेको छ । यसैगरी आइसीयुमा ३०४ जना र भेन्टिलेटर ७६ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै देशभर रहेका विभिन्न क्वारेन्टाइनमा २ हजार ६ सय ८९ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको