Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०७७, १६ : २६ मा प्रकाशित

शुक्रबार थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १ लाख ६८ हजार २ सय ३५  पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ जनाको स्वाव संककलन गरि देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप  ३ हजार ५ सय १७जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । 

त्यसैगरी, शुक्रबार थप  ४ हजार ९६  जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ जना पुगेकाे छ । 

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ जना पुगेको छ । यसैगरी आइसीयुमा ३ सय जना र भेन्टिलेटर ७१ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै देशभर रहेका विभिन्न क्वारेन्टाइनमा २ हजार ६ सय ६६ जना रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको