Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गर्दै, कुनको कति ?

अर्थ संसार

शनिबार, १५ कार्तिक २०७७, ०६ : ३० मा प्रकाशित

वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गर्दै, कुनको कति ?

अर्थ संसार, काठमाडौं - विभिन्न वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई धमाधम लाभांश घोषणा गर्दै छन् । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ८ वटा वाणिज्य बैंकले लाभांश प्रस्ताव गरेका छन्।  यी सबै बैंकले सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृतका लागि पठाउने र राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गर्नेछन्  ।

एनआईसी एसिया बैंक लिमिटेड 
एनआईसी एसिया बैंकले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यो बैंकको चुक्तापुँजी ९ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। 
 
ग्लोबल आईएमई बैंक लिमिटेड 
ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुला १६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकको चुक्तापुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।

बैंक अफ काठमाण्डू लिमिटेड 
बैंक अफ काठमाण्डूले पनि आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। बैकले १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 
बैंकको चुक्तापुँजी ८ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।  

कुमारी बैंक लिमिटेड 
कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको चुक्तापुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। 

सानिमा बैंक लिमिटेड 
सानिमा बैंकले गत आर्थिक वर्षका लागि कुल १३.६० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश रहेको छ । यस्तै बैंकको  चुक्तापुँजी ८ अर्ब ८० करोड रहेको छ ।

सिटिजन्स बैंक लिमिटेड 
सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरुलाई  प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। बैंकले ७.७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यो बैंकको चुक्तापुँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ।

माछापुच्छ्रे बैंक लिमिटेड 
यस्तै माछापुच्छ्रे बैंकले १०.४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकले चुक्तापुँजी ८ अर्ब ४५ करोड रुपैयाँको ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका हो। 

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ११.८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले ७ प्रतिशत बोनस शेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको चुक्ता पूँजी ८ अर्ब १ करोड रहेको छ । 

तर, बोनस शेयर र नगद लाभांशको अनुपात नमिलेको भन्दै नेपाल राष्ट्र बैंकले यो प्रस्ताव स्वीकृत नगर्ने भएको छ ।  राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले लाभांश घोषणा गर्दा बोनर शेयर र नगद लाभांशको अनुपात ७०:३० कायम गर्नुपर्नेछ ।  तर यो बैंकले गरेको प्रस्ताव नमिलेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको