Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार देशभर थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

अर्थ संसार

शनिबार, १५ कार्तिक २०७७, १६ : ३० मा प्रकाशित

शनिबार देशभर थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि, कति छन् सक्रिय संक्रमित ?

अर्थ संसार, काठमाडौँ - शनिबार देशभर थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या  १ लाख ७० हजार ७ सय ४३  पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ जनाको स्वाव संककलन गरि देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । 

त्यसैगरी, शनिबार थप २ हजार २ सय ६४ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या  १ लाख ३१ हजार २ सय २२ जना पुगेकाे छ । 
यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ जना पुगेको छ । यसैगरी आइसीयुमा २ सय ९६ जना र भेन्टिलेटर ६९ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै देशभर रहेका विभिन्न क्वारेन्टाइनमा २ हजार ४ सय १० जना रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको