Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने होइन ? नेपाल फाइनान्सको  हकप्रद शेयर बजारमा आउँदै !

अर्थ संसार

आइतबार, १६ कार्तिक २०७७, ०७ : १५ मा प्रकाशित

लगानी गर्ने होइन ? नेपाल फाइनान्सको  हकप्रद शेयर बजारमा आउँदै !

अर्थ संसार, काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । 

कम्पनीले १ कित्ता बराबर नयाँ १ दशमलव २५ कित्ताको अनुपातमा साविकका शेयरधनीहरुका लागि १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्न लागेको हो ।

उक्त शेयरमा लगानी गर्न इच्छुक साविकका शेयरधनीहरुले मङ्सिर ४ गतेदेखि मङ्सिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने प्रयाेजनका लागि कात्तिक ६ गते बिहीबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, कार्तिक ५ गते बुधबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

उक्त शेयरको निष्काशन तथा बिक्री प्रवन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ 

हकप्रद शेयरबारे थप जानकारीको लागि कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको