Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश क्यापिटलले बोलायो एजिएम, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार

आइतबार, १६ कार्तिक २०७७, १४ : ०३ मा प्रकाशित

नेपाल बङ्गलादेश क्यापिटलले बोलायो एजिएम, के-के छन् मुख्य एजेण्डा ?

अर्थ संसार, काठमाडौँ - नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडले दोश्रो वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे कार्तिक १३ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा मंसिर ७ गते, आइतबार कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा दिउँसाे २ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ, भने कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट चुक्ता पुँजीकाे २ प्रतिशतले नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको