Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार देशभर २८२४ संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार

आइतबार, १६ कार्तिक २०७७, १६ : ३७ मा प्रकाशित

आइतबार देशभर २८२४ संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौँ - आइतबार देशभर थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको स्वाव संककलन गरि देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । 

त्यसैगरी, आज थप ३ हजार ६ सय २० जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ जना पुगेकाे छ । 

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना पुगेको छ । यसैगरी आइसीयुमा २८३ जना र भेन्टिलेटर ७८ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै देशभर रहेका विभिन्न क्वारेन्टाइनमा २ हजार ३ सय ८६ रजना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको