Like us!
Follow us!
Connect us!
Watch us!

कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०७७, १५ : १८ मा प्रकाशित

कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी

अर्थ संसार, काठमाडौँ - वैदेशिक रोजगार बोर्डले भुक्तानी सेवा प्रदायक संस्थामार्फत वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीले सजिलै सेवा लिन सकुन् भन्ने र बोर्डको सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।
 
नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमित प्राप्त इसेवा फोन पे प्रालि र स्प्यारो पे प्रालिमार्फत सरल र सहजरुपमा कोषको रकम भुक्तानी गर्न सकिने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा जाने कामदारले करार अवधि तीन वर्षको भएमा रु एक हजार ५०० र तीन वर्षभन्दा बढी भएमा रु दुई हजार ५०० कोषमा जम्मा गर्नुपर्छ ।
 
बोर्डले सोही कोषमा जम्मा भएको रकमबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग, बिरामी भएमा राहत रकम उपलब्ध गराउँदै आएको छ । त्यस्तै मृतक कामदारको सन्नतिको शैक्षिक भविश्यलाई उज्वल बनाउन शैक्षिक छात्रवृत्तिसमेत प्रदान गरिँदै आइएको छ ।
 
भुक्तानी सेवा प्रदायकबाट सेवा लिएबापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्नु नपर्ने बोर्डले प्रष्ट पारेको छ । पछिल्ला समय आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै लगेको बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिका परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन दिने र सम्बन्धितको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको