Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणको सरकारलाई ठाडो चुनौती, अब अनलाइनबाट विद्युत महसुल तिर्दा शुल्क लाग्ने

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०७७, १४ : २७ मा प्रकाशित

प्राधिकरणको सरकारलाई ठाडो चुनौती, अब अनलाइनबाट विद्युत महसुल तिर्दा शुल्क लाग्ने

नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ । ५ सय रुपैयाँसम्मको बिजुलीको महशुल भुक्तानी गर्दा शुल्क नलाग्ने तर, ५ सय १ रुपैयाँभन्दा माथि ५ लाखसम्मको बिल भुक्तानीमा प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लाग्ने प्रस्ताव गरेको हो ।

हालसम्म विद्युत महसुल अनलाइनबाट भुक्तानी गर्दा उपभोक्ताले शुल्क तिर्नु पर्ने व्यवस्था थिएन ।  अनलाइनबाट महशुल भुक्तानी गर्दा संकलनमा ग्राहक र प्राधिकरण दुवैलाई सहज छ ।  उपभोक्ताले घन्टौं लाइन बसेर भुक्तानी गर्नुपर्ने बाध्यता हटेको छ, भने प्राधिकरणलाई कागजी काम, जनशक्तिकाे उल्टै बचत हुन्छ । तर प्राधिकरण गरेको उक्त शर्तले ग्राहकलाई मर्का परेको छ ।

सरकारले डिजिटल पेमेन्टलाइ प्राेत्साहन गरिरहेकाे बेला प्राधिकरणले गरेको यो प्रस्तावले ग्राहकलाई व्ययभार परेको छ ।  प्राधिकरणले विद्यूत महसुल संकलन कार्यलाई शहरी तथा दुर्गम ग्रामीण क्षेत्रहरुमा सहज रुपमा पुर्याउन भन्दै सुरक्षित, भरपर्दो र अत्याधुनिक प्रविधिहरुबाट अनलाइन विद्युत महसुल संकलन गर्ने कार्य गर्न इच्छुक सेवाप्रदायकहरुलाई विभिन्न शर्त राखेर प्राधिकरणले प्रस्ताव समेत मागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको