साजन पासवान- बिराटनगर
स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिताका लागि बिराटनगर उपमहानगरपालिकाले नमूना अभ्यासको थालनी गरेको छ । बालबालिका केन्द्रीत योजना निर्माण थालनी गर्ने देशकै पहिलो स्थानीय तह बिराटनगरले बाल सहभागिता गराउने मामलामा पनि नमूना अभ्यास थालनी गरेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बालभेला सञ्चालन सम्बन्धी निर्माण गरेको बिधिमा एक दिन मात्र बालभेला गर्ने कार्यविधि तोकिएकोमा बिराटनगरले नगरस्तरीय बालभेला मात्र तीन दिन गर्ने प्रचलन सुरु गरेको छ । ‘एक दिनको बालभेला समयको हिसावले अपुग भएकाले नगरपालिकाकै स्रोत र साधनमा तीन दिन बालभेला गर्ने परिपाटी सुरु गरेका हौ ।’
उप महानगरपालिकाका बालमैत्री स्थानीय शासन सम्पर्क व्यक्ति डिल्ली धिमालले भने –‘बिराटनगरको सेवा क्षेत्र, जनसंख्या र बालबालिकाको प्रतिनिधित्वलाई ख्याल गर्दा एक दिनको बालभेला त चिनजानमा नै बित्छ, यसैले बालबालिकाले आफनो भावनालाई अभिव्यक्त गर्ने प्रसस्त समय होस भनेर समय अभावलाई बिस्तार गरेर तीन दिन बनाएका हौ ।’
यो निर्णयबाट बालबालिकाहरु पनि खुशी भएका छन् । ‘एक दिनको बालभेलामा हाम्रो बोल्ने पालो नै आँदैन थियो ।’ बालभेलामा भाग लिन आएकी सम्झना थापाले भनिन् । ‘तीन दिन बाल भेला भए पछि आफूलाई लागेको कुरा खुलस्त गर्न र छलफल गर्ने प्रसस्त मौका पाएका छौ ।’
स्थानीय तहका बालबालिका लक्षित योजना तथा कार्यक्रम तर्जुमा गर्नका लागि बालभेला आयोजना गर्ने गरिन्छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यन्वयन कार्यविधि २०६८ जारी भए पछि स्थानीय तहको योजना तथा विकासमा बालबालिकाको समाबेशी र सहभागितामूलक पद्धति अवलम्बन गर्नु पर्ने नीतिगत व्यबस्था गरेको छ । यही नीतिगत व्यबस्था अनुसार योजना तर्जुमामा बाालिकाको सहभागिता पनि सुनिश्चित गराईएको छ ।
यस्तो बालभेला नगर तथा गाउँस्तरमा अनिबार्य गर्नू पर्ने नीतिगत व्यबस्था छ भने वडा तहमा पनि बालभेला गरी बालबालिकाको सहभागितालाई गुणस्तर बनाइन्छ । वालवालिकाहरुको योजना छनौट गर्नु पूर्व वालवालिकाहरुको वालभेला गर्नु पर्ने हुन्छ । सामन्यतः यस्तो बालभेला स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सूरु हुन पूर्व मंसीरको पहिलो साता सम्पन्न गर्नु पर्ने हुन्छ । बिराटनगरमा पनि यही नीति बमोजिम बालभेला गरिएको छ ।
बिराटनगर उपमहानगरपालिका प्रदेश नम्बर १ को पहिलो बालमैत्री नगर हो । यो नगरले नेपाल सरकारले तोकेको ३९ वटा सूचक पूरा गरी स्थानीय तहको नीति कार्यक्रम र सहभागितामा बालमैत्री व्यबहार र वालमैत्री संरचना तयार गरी सकेको छ । यसै कारण बालमैत्री नगरको साखलाई बचाई राख्न नौलो ढंगले बालभेला व्यवस्थित र प्रक्रियागत रुपमा सञ्चालन गर्ने क्रममा तीन दिने बालभेला आयोजना गरिएको हो ।
बालभेला सम्पन्न गर्न स्थानीय तहका बालमैत्री सम्पर्कव्यक्ति वा सामाजिक परिचालकको बिेशष भूमिका रहने मन्त्रालयबाट प्रकासित नीतिपत्रमा उल्लेख छ । सरकारले तोकेको नीतिकै परिधमा रहेर बालभेला सन्चालन गर्दा मूलतः तीन चरणका लागि कार्यतालिका निर्माण गरेर बालभेला गर्ने गरेको बिराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले बताए । ‘बालभेला आयोजना पूर्ब नै बालक्लबलाई व्यवस्थित भए नभएको समूदाय र बिद्यालयको तथ्याँक अध्यावधिक गर्ने गरिन्छ । त्यस पछि बाल क्लबहरुको गठन र पूनर्गठन गरिन्छ । अनि मात्र बालभेला गर्ने परिपाटी बसालिएको छ ।’
कार्यकारी अधिकृत कोइरालाले भन्दै थिए –‘बाल क्लबबाट बालभेलामा सहभागी हुने बालक र बालिकाको सुनिश्चितता गरेर सहभागीहरुको नामावली अध्यावधिक भएपछि मात्र बालभेला आयोजना गर्ने मिति र स्थानको तय गर्दा अर्थपूर्ण हुन्छ ।’
बालभेला आयोजना गर्दा समूह बिभाजन र समूहको सहजीकरणलाई सफलताका कारकका रुपमा लिइन्छ । बालभेलामा सहजीकरण गरीरहेकी शमिैला गुरुङले भनिन् ‘बालभेलामा मूलतः तीन प्रकारको औजार प्रयोग गरिन्छ । बालबालिकाहरुलाई चित्र मार्फत मन पर्ने र मन नपर्ने कुराहरु प्रकट गराइन्छ ।
उनीहरुलाई सुरक्षित र असुरक्षित स्थान पहिचान गर्न प्रोत्साहित गरिन्छ । र अन्त्यमा परिकल्पना गरी गाऊ नगरलाई कस्तो बनाउने भनेर चित्र मार्फत प्रकट गराक्ष्न्छ । यसैगरी शरीर नक्सांकन गरी हिजोको अवस्थाबाट कसरी परिवर्तन भएको छ भनेर मूल्याँकन गर्न लगाइने गरिएको छ ।’
चित्रबाट आएका मन पर्ने र नपर्ने, सुरक्षित र असुरक्षित तथा परिकल्पनाबाट आएका सवाल र समस्या र माँग छुट्याउनु नै बाल भेलाको मूख्य चुनौति हो । महानगरका सामाजिक तथा महिला तथा बालबालिका शाख प्रमूख धिमालका अनुसार आएका सवाल, समस्या र माँगका आधारमा योजना तथा कार्यक्रमको प्राथामिकिकरण गर्नु जटिल हुन्छ । ‘उनीहरुको सामस्या र सवाललाई प्राथामिकीकरण गर्न मतदानको प्रक्रियामा लै्रजाने गरेका छौ । बालबालिकाले प्राथामिकता निर्धाण गरेपछि हामी माईन्युटमा उताछौ ।’ उनले थपे ।
बिराटनगर उपमहानगरमा थालिएको तीन दिने बालभेला एक पर्बका रुपमा आयोजन ागर्ने परम्पराबाट पुस्ताहस्तान्तरणमा पनि सहज भएको नगरस्तरीय बाल सञ्जालका निवर्तमान अध्यक्ष प्रितम शाहले बताए । ‘बालक्लबमा सधै नयाँ अनुहार हुने भएकाले यो निरन्तर अभ्यास गर्ने थलो हो । यो प्रक्रियाले नयाँले धेरै जानकारी प्राप्त गर्ने र पुरानाले मार्गनिर्देशन गर्ने अवसर प्राप्त गर्छन ् ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस