Like us!
Follow us!
Connect us!
Watch us!

बुङ्गल हाइड्रोको सेयर नेप्सेमा सूचीकृत, कहिलेदेखि हुन्छ कारोबार ?

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, १५ : २६ मा प्रकाशित

बुङ्गल हाइड्रोको सेयर नेप्सेमा सूचीकृत, कहिलेदेखि हुन्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुङ्गल हाइड्रो लिमिटेडको सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । 

कम्पनीले सर्वसाधारणमा जारी गरेको २९ लाख ५ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५३ लाख ९५ हजार कित्ता शेयर गरी कुल ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । 

सोही रेञ्जका आधारमा भोली सोमबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको