Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको प्रगतिनगर शाखा कार्यालय सञ्चालनमा

अर्थ संसार

बुधबार, १९ कार्तिक २०७७, १८ : १३ मा प्रकाशित

प्रभु बैंकको प्रगतिनगर शाखा कार्यालय सञ्चालनमा

अर्थ संसार, काठमाडौँ - प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज (बुधबार) देखि नवलपुर (नवलपरासी पुर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आफ्नाे २११ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको हाे ।

प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा एटिएम ५६ वटा, एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको