Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार ३ हजार ५१ संक्रमित थपिँदा कति डिस्चार्ज भए ?

अर्थ संसार

विहीबार, २० कार्तिक २०७७, १६ : ३८ मा प्रकाशित

बिहिबार ३ हजार ५१ संक्रमित थपिँदा कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौँ - बिहिबार देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या १ लाख ८५ हजार ९७५ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, आज थप ३ हजार ४३० जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ४८ हजार ४०८ जना पुगेकाे छ । 

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ जना पुगेको छ । यस्तै देशभर रहेका विभिन्न क्वारेन्टाइनमा  १ हजार २३२ जना रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको