Like us!
Follow us!
Connect us!
Watch us!

सात अर्ब राजश्व सङ्कलन

अर्थ संसार

शनिबार, २२ कार्तिक २०७७, १३ : ०७ मा प्रकाशित

सात अर्ब राजश्व सङ्कलन

अर्थ संसार, काठमाडौं - एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्ष २०७७/७८ को तीन महिनाको अवधिमा कूल रु सात अर्ब ९३ करोड ३० लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ । यस अवधिमा कार्यालयले रु १० अर्ब एक करोड १८ लाख छ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । 

सङ्कलित राजश्व लक्ष्यमा ७९ दशमलव २४ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा यो अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको थियो । राजश्व सङ्कलनको हिसाबले हेर्दा गत वर्षभन्दा यस वर्ष सो अवधिमा रु एक अर्ब छ करोड सात लाख ५८ हजारले कम हो भने चालु आर्थिक वर्षमा लक्ष्यको भन्दा रु दुई अर्ब सात करोड ८७ लाख ६४ हजारले कम हो ।

भन्सार कार्यालयबाट प्राप्त जानकारीअनुसार सङ्कलित राजश्वमा भन्सार महसुल आयाततर्फ रु तीन अर्ब १७ करोड दुई लाख ९२ हजार, मूल्यअभिवृद्धि कर रु तीन अर्ब ८२ करोड ७८ लाख ३८ हजार, अन्तःशुल्क रु ४६ करोड ३७ लाख ८२ हजार, भन्सार महसुल निर्याततर्फ रु ३९ लाख ५३ हजार, कृषि सुधार शुल्क रु २७ करोड ६३ लाख, भन्सारको अन्य आय रु ९४ लाख ३६ हजार र पूर्वाधार कर रु १८ करोड १४ लाख ४० हजार छन् । कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको शुरुको महिनामा सय दशमलव १२ प्रतिशत प्रगति हासिल गरेको छ भने भदौमा ७७ दशमलव ८९ प्रतिशत र असोज महिनामा ७० दशमलव २५ प्रतिशत मात्र प्रगति हासिल भएको जनाएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको