Like us!
Follow us!
Connect us!
Watch us!

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

अर्थ संसार

मंगलबार, ०३ असार २०८२, १२ : २० मा प्रकाशित

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

चालु आर्थिक वर्षको ११ महिनामा कुल १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।

अर्थ मन्त्रालयका अनुसार असार ३१ गतेसम्म संकलित यो राजस्व अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८ अर्ब रुपैयाँले बढी हो। गत वर्ष सोही अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन गरिएको थियो। संकलित राजस्व चालु आर्थिक वर्षको लक्ष्यको ८३.२२ प्रतिशत पुगेको छ। चालु वर्षको जेठ महिनासम्म सरकारको राजस्व संकलन लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो।

केवल जेठ महिनाको कुरा गर्दा, यस अवधिमा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको जेठ महिनाको ८५ अर्ब ११ करोड रुपैयाँभन्दा उल्लेखनीय रुपमा बढी हो।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको