Like us!
Follow us!
Connect us!
Watch us!

देशभर थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, १६ : ४५ मा प्रकाशित

देशभर थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं - मंगलबार देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ रहेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ५८ जना रहेका छन् । त्यसैगरी आइसियुमा ४०४ जना र भेन्टिलेटरमा ९६ जना संक्रमित उपचाररत छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको