Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको नाफासँगै अधिकांश सूचकमा चमक ! (विवरणसहित)

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, १३ : २१ मा प्रकाशित

मिर्मिरे लघुवित्तको नाफासँगै अधिकांश सूचकमा चमक ! (विवरणसहित)

अर्थ संसार, काठमाडौँ - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १७ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षकाे सोहि अवधिमा संस्थाले २ करोड १३ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । गत वर्षको तुलनामा संस्थाले यस वर्षमा १.७२ प्रतिशत बढी नाफा गर्न सफल भएको हो । 

त्यसैगरी, संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्ष संस्थाले ५ करोड १० लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २०.९८ प्रतिशतले बढी हो ।

संस्थाले  गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १२ लाख ६३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे मा यस वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ४५ लाख ४ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ३२ लाख ४१ हजार रुपैयाँले धेरै हाे । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ४० करोड २३ लाख रुपैयाँ, जगेडा कोषमा १५ करोड २० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७४ पैसा र प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ८० पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको