Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, आज कति थपिए ?

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, १६ : २० मा प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - बुधबार देशभर थप  २ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वाथ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार १० हजार ८१ जनाको पीसीआर नमूना परीक्षण गर्दा २ हजार ५६९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ६६६ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा १० हजार ५१९ रहेका छन् भने २५ हजर ३९३ जना छ यस्तै आइसियुमा ३८२ जना उपचाररत छन् भने भेन्टिलेटरमा ९५ जना संक्रमित उपचाररत छन् ।

यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा १ हजार १०९ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको