Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, १६ : २६ मा प्रकाशित

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

अर्थ संसार, काठमाडौं - बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज देशभर थप  २ हजार ५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने १ हजार ६६६ जना डिस्चार्ज भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा १० हजार ५१९ रहेका छन् भने २५ हजर ३९३ जना छ यस्तै आइसियुमा ३८२ जना उपचाररत छन् भने भेन्टिलेटरमा ९५ जना संक्रमित उपचाररत छन् ।
यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा १ हजार १०९ जना रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको