Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा ६ अर्ब ८१ करोडभन्दा बढी रकम निकासा !

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, १६ : २९ मा प्रकाशित

कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारमा ६ अर्ब ८१ करोडभन्दा बढी रकम निकासा !

अर्थ संसार, काठमाडौं - आर्थिक वर्ष २०७७/७८ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनमा हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रकम विनियोजन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा एचडीयु ३ अर्ब २५ करोड समेत समावेश गरिएको छ । विनियोजित रकममध्ये प्रयोगशाला परिक्षण तथा व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्रयाक्ट ट्रेसीङ्ग जोखिम भत्ता अन्तर्गत १ अर्ब १३ करोड २९ लाख ६ हजार, आइसीयु, भेन्टिलेटर र अस्पताल सुदृधिकरणमा १ अर्ब २९ करोड ९० लाख निकासा भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैबीच नेपाल सरकारले कोभिड १९ को उपचार गर्न सूचिकृत गरेको प्रयोगशाला र सरकारी अस्पतालमा कोरोनाका लक्षण वा चिन्ह देखिएका बिरामीको परिक्षण र उपचार निशुल्क गर्ने भएको छ । तर उल्लेखित व्यक्तिले बिमा गरेको भएमा उपचारको सम्पूर्ण खर्च बिमा रकमबाट काटिनेछ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड तोक्दै आर्थिक रुपले विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला, अपांगता भएका नागरिक, जेष्ठ नागरिक अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु , सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुको मात्र निशुल्क परिक्षण तथा उपचार गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उल्टयाउँदै सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको