Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको नाफामा ४०.५८ प्रतिशतले बृद्धि, अधिकांश सूचकमा चमक

अर्थ संसार

विहीबार, २७ कार्तिक २०७७, ११ : ०२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको नाफामा ४०.५८ प्रतिशतले बृद्धि, अधिकांश सूचकमा चमक

अर्थ संसार,  काठमाडौँ -ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको अधिकांश सूचकहरूमा चमक देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४०.५८ प्रतिशत अर्थात ३० करोड ५६ लाख रुपैयाँले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

पहिलो त्रैमासमा बैंकले २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६५.७५ प्रतिशले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख २७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

त्यसैगरी, पहिलो त्रैमासमा बैंकले १ अर्ब ४७ करोड ५२ लाख ८६ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । उक्त मुनाफा रकम गत वर्षको यसै अवधिको तुलनामा ४१.५३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४ करोड २३ लाख ७४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, बैंकको चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ, जगेडा कोषमा ९ अर्ब २६ करोड ७१ लाख ७६ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा रहेको छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको