Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार संक्रमितभन्दा निको हुनेको संख्या धेरै, कति डिस्चार्ज भए ?

अर्थ संसार

विहीबार, २७ कार्तिक २०७७, १६ : ४२ मा प्रकाशित

बिहिबार संक्रमितभन्दा निको हुनेको संख्या धेरै, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं - बिहिबार संक्रमितको संख्याभन्दा निको हुनेको संख्या धेरै रहेको छ । देशभर थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२  पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ३४९ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा ९७४ जना रहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको