Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको नाफामा ४०.६० प्रतिशतले गिरावट, वितरण योग्य मुनाफा पनि ऋणात्मक !

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १२ : ५३ मा प्रकाशित

सेञ्चुरी बैंकको नाफामा ४०.६० प्रतिशतले गिरावट, वितरण योग्य मुनाफा पनि ऋणात्मक !

अर्थ संसार, काठमाडौँ - सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा नाफामा ४०.६० प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको वितरण योग्य मुनाफा ११ करोड ६१ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

बैंकको खुद ब्याज आम्दानी ११ करोड २० लाख रुपैयाँ घटेर ६६ करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको सञ्चालन मुनाफा पनि १ करोड ३५ लाख रुपैयाँले घटेर ३० करोड ७६ लाख रुपैयाँमा झरेको छ ।  

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ, जगेडा कोषमा १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १० रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ६४ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको