Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, ११ : ५७ मा प्रकाशित

सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मुद्धती खाता सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् । 

सेञ्चुरी डबल धमाका मुद्धती खाता न्यूनतम रु. १०,००० मा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै यस खातामा साँवा रकमको ८०% सम्म ऋणपनि लिन सकिनेछ । यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ । 

आधुनिक बैंकिङ्ग प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

629eedb750f89.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको