Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

अर्थ संसार

शुक्रबार, ०२ मंसिर २०७९, १५ : २७ मा प्रकाशित

सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कार्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ । 

पदमपुर शाखा नयाँ ठाँउमा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले समुद्घाटन गरी सेवा सञ्चालन गरेका छन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । 

बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको