Like us!
Follow us!
Connect us!
Watch us!

पाैष २६ गतेबाट सेञ्चुरी बैंक नरहने

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, ११ : १२ मा प्रकाशित

पाैष २६ गतेबाट सेञ्चुरी बैंक नरहने

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरी पाैष २६ गते, मंगलबारबाट एकिकृत काराेबार सुरू गर्ने भएकाे छ । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारकाे कार्यालयबाट अन्तिम स्विकृती पाइसकेकाे छ ।

 दुवै बैंकको यही पाैष १४ गते सम्पन्न भएकाे साधारण सभामा प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे ।

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् बैंकको नाम प्रभु बैंक लिमिटेड र बैंकको रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौँ नै रहनेछ ।

प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई १:१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको