Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको १६औं वार्षिक सभा सम्पन्न, १३.६०% लाभांशसहित यी एजेण्डा पारित !

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १६ : १६ मा प्रकाशित

सानिमा बैंकको १६औं वार्षिक सभा सम्पन्न, १३.६०% लाभांशसहित यी एजेण्डा पारित !

अर्थ संसार, काठमाडौँ - सानिमा बैंक लिमिटेडकाे १६औं वार्षिक साधारण सभा आज (कार्तिक २८ गते, शुक्रबार) सम्पन्न भएको छ 

बैकको उक्त सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा सम्पन्न भएकाे हो। बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षकाे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको