सानिमा बैंकले डिजिटल बैंकिङ प्रविधिमा नयाँ अनुभव प्रदान गर्ने लक्ष्यसहित फोनपेसँगको सहकार्यमा ‘अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा’ सुरु गरेको छ।
यस सेवामार्फत ग्राहकहरूले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाहरूको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकका कुनै पनि शाखाबाट सजिलै रकम झिक्न सक्नेछन्। विशेष गरी दुर्गम स्थानमा रहेका शाखा र सीमित एटिएम पहुँच भएका ग्राहकहरूका लागि यो सेवा आपतकालीन अवस्थामा उपयोगी सावित हुनेछ। साथै, यस सेवाको प्रयोग अनलाइन शुल्क भुक्तानी, एफसीवाई सटही लगायत अन्य सेवाहरूका लागि समेत गर्न सकिनेछ।
हाल सानिमा बैंकले देशभर सातै प्रदेशमा १३४ वटा शाखा कार्यालयहरू र १२७ वटा एटिएमहरू सञ्चालनमा ल्याएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस