Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकका नवनियुक्त सिइओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण

अर्थ संसार

सोमबार, १२ माघ २०८२, १८ : ४६ मा प्रकाशित

सानिमा बैंकका नवनियुक्त सिइओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण

सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ)  पवनकुमार आचार्यले पदभार ग्रहण गरेका छन्। उनले आज औपचारिक रूपमा पदभार सम्हालेका छन्।

सानिमा बैंकको सञ्चालक समितिको ०८२ कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। बैंकमा २१ वर्षदेखि निरन्तर योगदान दिँदै आएका आचार्य यसअघि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।  शैक्षिक पृष्ठभूमिका हिसाबले आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर उपाधि तथा भारतको एनआइआइटी, बेंग्लोरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन्। उनले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए।

सानिमा बैंकमा लामो सेवाकालका क्रममा उनले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गरिसकेका छन्। उनको प्रमुख कार्यक्षेत्रमा कर्जा मूल्यांकन, डिजिटलाइजेसन र परियोजना वित्त रहेका छन्। साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा अध्यक्षका रूपमा समेत कार्यरत रहेका थिए।

बैंकिङ क्षेत्रबाहेक आचार्यसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ भने पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीका रूपमा समेत सेवा प्रदान गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको